नियम २२
पूर्वादेश सम्बन्धी कार्यविधि
(१) ऐनको दफा ७६ बमोजिम पूर्वादेश माग गर्ने व्यक्तिले विभागले तोकेको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन प्राप्त भएपछि पैंतालीस दिनभित्र विभागले सो विषयमा निर्णय दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधि भित्र विभागबाट पूर्वादेश प्राप्त नभएमा निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन वा दफा ११६ को उपदफा (४) बमोजिम राजश्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नेछ ।
(४) उपनियम (२) बमोजिम निर्णय गर्नु अघि विभागले आवश्यक देखेमा अधिकृत तथा अन्य विशेषज्ञबाट छानवीन गराउन सक्नेछ ।